काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार (पुस २८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः