सुनको मूल्य घट्यो

काठमाडौंः सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतवार प्रतितोला ७५ हजार निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सोमबार छापावाल सुनको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७४ हजार ५ सय निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

कमेन्ट गर्नुहोस्