काठमाडौंः नदी दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ ।
प्रदेश २ को सोमवार बसेको मन्त्रीपरिषदको बैठकले दिलिपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए ।
शुक्रवार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलिपलाई पहिला लिभरले कोँखामा हानेर घाइते बनाइ टिपरले किचेका हत्या गरिएको थियो ।