जन्मदिनमा संकलन भएको रकम रंगशाला निर्माणलाई सहयोग

काठमाडौंः चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यसैबीच जनस्तरबाट निर्माण भइरहेको यो रंगशालाका लागि बनेपा काभ्रे स्थायी घर भएर हाल फिनल्याण्डमा बस्ने निरुशा क्षेत्रीले पनि आर्थिक सहयोग गरेकी छन् ।

उनले आफ्नो जन्मदिनमा साथीहरुबाट संकलन भएको ३० हजार रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गरेकी हुन् । अभियानमा जोडिकोमा निरुशालाई फाउण्डेशनले धन्यवाद दिएको छ ।

याे पनि पढ्नुस  रंगशाला बनाउन श्रीलंकाका मैदान विशेषज्ञ नेपालमा

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

याे पनि पढ्नुस  गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ५० हजार सहयोग

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो ।

काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमूना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

याे पनि पढ्नुस  जन्मदिनमा रंगशालालाई सहयोग

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्