आफ्नै शिष्यलाई ठगेको आरोपमा ‘बाबा शिवानन्द स्वामी’ पक्राउ

काठमाडौंः ‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने ‘बाबा शिवानन्द स्वामी’ भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए ।

भण्डारीले चार जना शिष्यलाई विदेश पठाइदिन्छु भन्दै ४० लाख रूपैयाँ भन्दा बढी रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै शिष्यले उनीविरुद्ध उजुरी दिएका थिए ।

याे पनि पढ्नुस  वैदेशिक रोजगारमा ठगी गर्ने पक्राउ

३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए । शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्