काठमाडौंः ‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने ‘बाबा शिवानन्द स्वामी’ भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए ।
भण्डारीले चार जना शिष्यलाई विदेश पठाइदिन्छु भन्दै ४० लाख रूपैयाँ भन्दा बढी रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै शिष्यले उनीविरुद्ध उजुरी दिएका थिए ।
३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका थिए । शिवानन्द स्वामी बाबा टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए ।