काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्स (केकेआर) लाई प्रतियोगिता सुरु नहुँदै झड्का लागेको छ । उनका अनुभवी स्पिनर प्रवीण ताम्बेलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइपीएल खेल्ने अनुमति नदिएकाले केकेआरलाई झड्का लागेको हो ।
४८ वर्षीय ताम्बेले विदेशी लिग खेलेकाले उनलाई बीसीसीआईले आइपीएल खेल्ने अनुमति नदिएको हो । उनले २०१८ मा दुबईमा भएको टी–१० लिग खेलेका थिए ।
बीसीसीआईले विदेशी लिग नखेलेका भारतीय क्रिकेटरलाई मात्र आइपीएल खेल्ने अनुमति दिने गरेको छ । तर, सन्यास लिएका भारतीय खेलाडीले भने बीसीसीआईसँग अनुमति मागेर विदेशी लिग खेलिरहेका छन् ।
प्रवीणले गुजरात लायन्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबाट आइपीएल खेलिसकेका छन् । उनलाई हालै सकिएको आइपीएल अक्सनबाट कोलाकाताले २० लाख भारुमा टिममा अनुबन्ध गरेको थियो । यसअघि नै ताम्बे आइपीएल खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी बनिसकेका छन् ।
अक्सनपछि केकेआरको पूर्ण टिमः शुवमन गिल, कमलेश नगरकोटी, शिवम माभी, बरुण चत्रबर्ती, एम सिद्धार्थ, सुनिल नारायण, हेरी गुर्नी, इओन मोर्गन, आन्द्रे रसेल, दिनेश कात्तिक, सिदेश लड, राहुल त्रिपाठी, प्याट कमिन्स, ल्योकी फग्र्युसन, निखिल, नाइक, कुलदीप यादव, प्रविन ताम्बे, सन्दीप वारिर, नितेश राना, निकु सिंह, क्रिस ग्रिन, टम ब्याटन र प्रसिद्ध कृष्ण ।