सप्तरीः सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको छ । केही समयदेखि अस्वस्थ्य ५५ वर्षीय कार्कीको घरमा सुतिरहेकै बेला आइतबार राति मृत्यु भएको हो ।
कार्कीका श्रीमती, दुई छोरी र एक छोराका रहेका छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने र सोमबार शोक विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
कार्की २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।