एकै वर्षमा २ पटक जुम्ल्याहा बच्चाको जन्म!

एजेन्सीः अमेरिकामा एक महिलाले एकै बर्षमा दुई पटक जुम्ल्याहा सन्तानको जन्म दिएकी छिन् । फ्लोरिडामा बस्दै आएकी एलेक्सजैंड्रिआ वोलिस्टनले पहिलोपटक २०१९ मार्चमा र दोस्रोपटक २०२० डिसेम्बरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।

मार्चमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी उनी मे महिनामा नै गर्भवती भएकी थिइन् । त्यसैबेला डाक्टरले उनलाई फेरी पनि जुम्ल्याहा शिशुको जन्म हुनसक्ने बताएका थिए । चारै बच्चाको स्वास्थ्य स्थिति ठिक रहेको उनी बताउँछिन् ।

वोलिस्टनको यसका अलावा एक छोरी पनि छिन् । योसँगै उनी अब ५ सन्तानको आमा भएकी छिन। ‘यिनीहरुलाई जन्म दिनुभन्दा पहिले म नर्भस भएको थिए डर थियो के हुने हो तर मैले सोचेजस्तो केही भएन सबै ठिक भयो। मेरो हजुरआमाले पनि यस्तै गरि एकै बर्षमा २ पटक जुम्ल्याहा सन्तानलाई जन्म दिनुभएको थियो, तर ति बच्चा बाँच्न सकेनन, लाग्छ यो मेरो हजुरआमाको मेरो लागि गिफ्ट हो ।’ उले भनिन् ।

अमेरिकी सरकारले सार्वजनिक गरेको आँकडा अनुसार एक हजार डेलिभरीमा सामान्यतया जुम्ल्याहा बच्चा जन्मिने सम्भावना औसतमा ३६ पटक मात्र हुन्छ ।

कमेन्ट गर्नुहोस्