काठमाडौंः सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले तेस्रो जित निकालेको छ । एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जिताउन दर्शन गुरुङको एकमात्र गोल निर्णायक बन्यो ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।