फेसबुकले सार्वजनिक गऱ्यो टिकटकको प्रतिस्पर्धी एप

काठमाडौँ। फेसबुकले टिकटकजस्तै ‘सर्ट भिडिओ एप’ ‘लास्सो’ सर्वजनिक गरेको छ। पछिल्लो समय टिकटक निकै लोकप्रिय भएपछि गतवर्षदेखि फेसबुकले यसमाथि काम थालेको थियो।

हाललाई यस एपको पूर्ण भर्सन अमेरिकामा मात्र उपलब्ध छ। यसलाई केही दिन भित्रै अन्य देशहरूमासमेत सार्वजनिक गरिने फेसबुकले जनाएको छ।

टिकटक चिनियाँ एप हो। भारतमा निकै लोकप्रिय रहेको यस एपप्रति भारत सरकार र उसका एजेन्सीहरू संशंकित रहने गरेका छन्। यसै शंकाको फाइदा उठाउँदै यसलाई आउँदो मे महिनाभित्र भारतीय प्रयोकर्ताहरूका लागि उपलब्ध गराइने फेसबुकको योजना रहेको छ।

याे पनि पढ्नुस  इन्टरनेटमा अंकुशः सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्ने !

साथै फेसबुकले आफ्नो अर्को लोकप्रिय म्यासेजिङ् एप ‘व्हाट्स एप’ र लास्सोलाई एकीकृत गर्ने योजना बनाइ रहेको बताइन्छ।

भारतमा लगभग २७ महिनाअघि मात्र सार्वजनिक भएको टिकटकका अहिले भारतमा २५ करोड प्रयोगकर्ता रहेका छन्। अहिले फेसबुकको सिङ्गापुर टीमले यसलाई भारतीय प्रयोगकर्ताहरूको रुचिका आधारमा कस्टमाइज गरिराखेको छ।

याे पनि पढ्नुस  फेसबुकको रङ्ग नीलो मात्रै किन छ ? फेसबुकबारे ५ अनौठा तथ्य

फेसबुकले यस एपलाई भारत र दक्षिण एसियाकाअतिरिक्त इण्डोनेसियामा समेत उपलब्ध गराउने तयारी गरिरहेकोछ। यसकालागिकम्पनी ले यस एप्को प्रमोशनको व्यापक तयारी गरिरहेको समेत बताइन्छ।

कस्ता कस्ता फिचर छन् लास्सो एपमा

लास्सोमा संगीतका लागि ठुलो लाइब्रेरी हुने बताइन्छ। यसका अतिरिक्त यसमा निकै उन्नत भिडिओ एडिटिङ् टूल र इफेक्ट्स हुनेछन्। यसका अतिरिक्त यसमा ट्रेण्डिङ् र ह्याशट्याग बारे पनि जानकारी उपलब्ध गराउने छ।

कमेन्ट गर्नुहोस्