काठमाडौंः शहरी विकास मन्त्रालयले काठमाडौंको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ ।
सो मन्त्रालयकोसमेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गरे ।
‘नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क ज्ञान केन्द्रका रुपमा रहनेछ’, मन्त्री बाँस्कोटाले भने, ‘कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ ।’