काठमाडौंः माघ १ गतेदेखि काठमाडौंको खुलामञ्चमा पार्किङ गन नपाइने भएको छ ।
अकुपाइ टुँडिखेलका अभियान्ताहरूको अनुरोध गरेपछि काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि खुलामञ्चमा पार्किङ गन रोक लगाएको जनाएको छ ।
वडा २८ का अध्यक्ष भाइराम खड्गीका अनुसार महानगरले अनुगमन गरी खुलामञ्चमा सूचना टाँस गर्दै पार्किङ गर्न नदिने निर्णय गरेको छ ।