काठमाडौंः ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन्।
भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ुकेही समयु दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्।
महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो ूपूर्ण रूपमाू समर्थन रहेको बताइन्।
यद्यपि उनले भनेकी छन्, म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो।
शाही वार्ता
ह्यारी र मार्कलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तारत छन्।
केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।
एउटा वक्तक्यमार्फत् महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्रेम्ब्रिज समेत सहभागी वार्ता निकै रचनात्मक रह्यो।
उनले भनेकी छन्, मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन शुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौँ।
महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिन भनेको बताएकी छन्। बीबीसी
ह्यारी र मेगनको सम्बन्ध
-८ नोभेम्बर २०१६- केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरी राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको जानकारी
-२८ नोभेम्बर २०१७ – ह्यारी र मेगन विवाहका लागि तयार भएको भनाइ
-१५ डिसेन्बर २०१७- केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी
-१९ मे २०१८ – ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान
-१५ अक्टोबर २०१८ – केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी
-६ मे २०१९- मेगनको कोखबाट छोरा आर्चीको जन्म
-८ ज्यानुअरी २०२० – परिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा