काठमाडौंः भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने नाराका साथ २२औँ भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मूल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिने जानकारी दिइयो। मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा र्याली हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए।
पहिलो र्याली लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबारक्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो ¥याली भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूलसमारोहको कार्यक्रममा सहभागी हुनेछ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रमको आयोजना गरी चेतना जगाइने जनाइएको छ।