विनय क्‍वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

काठमाडौंः नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्‍वात्रालाई नियुक्त गरिएको छ । भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको हो ।

भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय नेपालका लागि नयाँ राजदूतका लागि नियुक्त गरेको पुष्टि गरे । उनले भने, ‘नयाँ राजदूतका लागि नाम प्राप्त भइसकेको छ ।’ ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् ।

याे पनि पढ्नुस  भारतीय राजदूतले लगाए कोरोनाविरुद्धको खोप

अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो । विनयले भारतको प्रधानमन्त्री कार्यालयमा पनि सचिवका रूपमा काम गरेका थिए। उनले आगामी फेब्रुअरीबाट कार्यकाल सम्हाल्ने छन् ।

कमेन्ट गर्नुहोस्