छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौंः काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा बा.१० च ३०४ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सुनसरी धरान उपमहानगरपालिका–१४ घर भएका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका निशानको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  तीन एसएसपी, ४ एसपीसहित नेपाल प्रहरीमा थपिए ३५९६ दरबन्दी

यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री बिकको अल्पाइन अस्पताल सिमरा हुँदै नारायणी अस्पताल बीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि पढ्नुस  डीआईजी डा. आशा सिंह एआईजीमा बढुवा

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्