वानडे सिरिजः भारतले सस्तैमा गुमायो पहिलो विकेट

काठमाडौंः अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

भारतले पहिलो विकेटका रुपमा ४.३ ओभरमा उपकप्तान रोहित शर्मालाई व्यक्तिगत ३० रनमा आउट भए । उनलाई मिचेल स्टार्कले डेबिड वार्नरको हातबाट क्याच आउट गराए ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म ८ ओभरमा १ विकेट गुमाएर २१ रन बनाएको छ । अष्ट्रेलिया र भारतबीचको पछिल्लो ५ वानडे म्याच हेर्ने हो भने भारतले २ खेलमा मात्र जित हासिल गरेको छ ।

याे पनि पढ्नुस  आइपीएलमा हालसम्म को–को लिएका छन् ह्याट्रिक विकेट? (सूचीसहित)

भारत र अष्ट्रेलियाले अन्तिम वानडे इंग्ल्याण्ड र वेल्समा भएको विश्वकपमा खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी भएको थियो । उक्त खेलमा भारतका शिखर धवनले शतक बनाएका थिए । वानडे विश्वकपमा खेलेका अघिकांश खेलाडी आजदेखि सुरु भएको सिरिजमा पनि छन् ।

याे पनि पढ्नुस  वानडे सिरिजः भारतविरुद्ध पूरनको लगातार दोस्रो अर्धशतक

पहिलो खेलमा अष्ट्रेलियाको प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एश्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन र एडम जम्पा ।

पहिलो खेलमा भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह ।

याे पनि पढ्नुस  अष्ट्रेलिया विरुद्धको वानडे सिरिज दक्षिण अफ्रिकाद्वारा ‘क्लिन स्विप’

कमेन्ट गर्नुहोस्