ब्राउन सुगरसहित २ युवती र एक युवक पक्राउ

कैलालीः धनगढीबाट प्रहरीले ब्राउन सुगरसहित तीन जना पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–८ मा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपमहानगरपालिकाको–८ बुद्दचोक नजिक डेरा गरी बस्ने २० बर्षीय उमेश धामी, २० बर्षकै उमा चौधरी र १९ बर्षीया असरानी चौधरी रहेका छन् ।

उनीहरुको साथबाट ५ सय १० मिलिग्राम ब्राउग सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुमाथि कैलाली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्