शिखरले वानेडमा पूरा गरे २८औँ अर्धशतक

काठमाडौंः अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो म्याचमा भारतीय टिमका ओपनर शिखर धवनले अर्धशतक पूरा गरेका छन् । उनले ६६ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वानडे क्रिकेटमा शिखरको यो २८ औँ अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म २१ ओभरमा १ विकेट गुमाएर १ सय ५ रन बनाएको छ ।

सस्तैमा आउट भए उपकप्तान शर्मा

भारतले आज पहिलो विकेटका रुपमा ४.३ ओभरमा उपकप्तान रोहित शर्मालाई गुमायो । उनी व्यक्तिगत १० रनमा आउट हुन पुगे । रोहितलाई मिचेल स्टार्कले डेबिड वार्नरको हातबाट क्याच आउट गराएका थिए ।

अष्ट्रेलिया र भारतबीचको पछिल्लो ५ वानडे म्याच हेर्ने हो भने भारतले २ खेलमा मात्र जित हासिल गरेको छ । भारत–अष्ट्रेलियाले अन्तिम वानडे इंग्ल्याण्ड र वेल्समा भएको विश्वकपमा खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी भएको थियो । उक्त खेलमा भारतका शिखर धवनले शतक बनाएका थिए । वानडे विश्वकपमा खेलेका अघिकांश खेलाडी आजदेखि सुरु भएको सिरिजमा पनि छन् ।

पहिलो खेलमा अष्ट्रेलियाको प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एश्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन र एडम जम्पा ।

पहिलो खेलमा भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्