चिट्ठा परेको भन्दै १० लाख बढी ठगी, आईएमई र मनिट्रान्सफर सञ्चालकको मिलेमतो !

धनगढीः चिट्ठा परेको भन्दै १० लाख ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन् । ठगीमा आईएमई सञ्चालकको समेत मिलेमतो रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–१२ का बस्ने आईएमई संचालक ३८ वर्षका ईन्दिरा पुरी, आईएमईमा काम गर्ने ४२ वर्षका मनमोहन अधिकारी, बिराटनगर–१० बस्ने सजिलो मनिट्रान्सफर संचालक बर्ष ३७ काबिश्वनाथ राजवंशी, रंगेली–६ बस्ने बर्ष २८ का भवेश कुमार मण्डले सुनबर्षी– ८ बस्ने बर्ष २२ का अब्दुल सलाम, भारतको बिहार प्रदेश अररीया जिल्ला आमगाछी ग्रामपंचायत–१३ बस्ने बर्ष २५ का शतिष मण्डल र बर्ष ५५ को मो.ईसु रहेका छन् ।

याे पनि पढ्नुस  राहत वितरण गर्दा अकस्मात प्रहरीको भ्यान आएपछि...

कसरी भयो ठगी ?
२५ लाख चिट्ठा परेको भन्दै कैलालीको घोडाघोडी–६ बस्ने धनकला धामीको मोबाइलमा मेसेज आयो । उक्त पैसा पाउनको लागि तपाईंले करबाफत रकम तिर्नु भनियो ।

उनले उक्त मेसेजलाई पत्याइन् । उनले पटकपटक गरेर १० लाख ४० हजार पठाइन् । फेरि एक लाख २० हजार रुपैयाँ मोरङ्गका बिक्रम चौधरी र नारायण चौधरीको नाउँमा पठाई दिन भन्दै मेसेज आयो ।

याे पनि पढ्नुस  गोरू हत्या गरेको आरोपमा धनगढीमा ३ जना पक्राउ

लगातार पैसाको माग भएपछि शंका लागेर धनकलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजूरी गर्नि । त्यसपछि अनुसन्धान थालेको प्रहरीले भारतीय नागरिक र आईएमई तथा मनिट्रान्सफर सञ्चालकको मिलेमतो ठगी भएको पत्ता लगायो र त्यसमा संलग्न सात जनालाई पक्राउ गर्न सफल भयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दक्ष कुमार बस्नेतका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  धनगढीमा पनि भेटिए ५० र १०० का नोट, अनुसन्धान गर्दै प्रहरी

पक्राउ परेकालाई कैलाली जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बस्नेतले बताए । साथै उनीहरूले अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भएकोले पहिचान भएमा वा ठगी गरेको भए कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्