भारतलाई दोस्रो झड्का, अर्धशतक बनाउन चुके राहुल

काठमाडौंः अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो म्याचमा भारतीय टिमका ओपनर केएल राहुल अर्धशतक बनाउन चुकेका छन् । उनी ३ रनले अर्धशतक बनाउन चुकेका हुन् ।

केएल २७.१ ओभरमा व्यक्तिगत ४७ रनमा ‘क्याच आउट’को सिकार हुन पुगे । उनलाई एश्टन अगरले स्टिभ स्मिथको हातबाट क्याच आउट गराएका हुन् ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले यो समाचार तयार पार्दासम्म २८ ओभरमा २ विकेट गुमाएर १ सय ३७ रन बनाएको छ ।

याे पनि पढ्नुस  भारतलाई पहिलो झड्का, सस्तैमा आउट भए राहुल

शिखरले वानडेमा पूरा गरे २८ औँ अर्धशतक

भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलियासँगको सिरिजको पहिलो खेलमै अर्धशतक बनाइसकेका छन् । उनले ६६ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । वानडे क्रिकेटमा शिखरको यो २८ औँ अर्धशतक हो ।

सस्तैमा आउट भए उपकप्तान शर्मा

भारतले आज पहिलो विकेटका रुपमा ४.३ ओभरमा उपकप्तान रोहित शर्मालाई गुमायो । उनी व्यक्तिगत १० रनमा आउट हुन पुगे । रोहितलाई मिचेल स्टार्कले डेबिड वार्नरको हातबाट क्याच आउट गराएका थिए ।

याे पनि पढ्नुस  विश्वकप फाइनलमा अष्ट्रेलियाले दियो भारतलाई १८५ रनको लक्ष्य

अष्ट्रेलिया र भारतबीचको पछिल्लो ५ वानडे म्याच हेर्ने हो भने भारतले २ खेलमा मात्र जित हासिल गरेको छ । भारत–अष्ट्रेलियाले अन्तिम वानडे इंग्ल्याण्ड र वेल्समा भएको विश्वकपमा खेलेका थिए । जुन खेलमा भारत ३६ रनले विजयी भएको थियो । उक्त खेलमा भारतका शिखर धवनले शतक बनाएका थिए । वानडे विश्वकपमा खेलेका अघिकांश खेलाडी आजदेखि सुरु भएको सिरिजमा पनि छन् ।

याे पनि पढ्नुस  अफगानिस्तान विरुद्धको ‘वानडे सिरिज’ वेस्ट इन्डिजले जित्यो

पहिलो खेलमा अष्ट्रेलियाको प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एश्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन र एडम जम्पा ।

पहिलो खेलमा भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्