घुससहित प्रहरी जवान अख्तियारको फन्दामा

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का घुसरकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले दुई हजार घुसरकमसहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागेर लाइसन्स राखेको तर कुनै चिट नदिई मिलाउनुस भनी घुस मागेको आरोपमा पक्राउ परेका प्रहरी जवान खड्काबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

याे पनि पढ्नुस  एक लाख घुससहित चन्द्रागिरी नगरका प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान खड्काको कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्