भारतीय गोलभेँडा भित्रिएपछि नेपाली किसान मर्कामा

सर्लाहीः सर्लाहीमा गोलभेँडाको मूल्य आधाले घटेको छ । केही दिन अघिसम्म प्रतिक्रेट एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री भएको गोलभेँडा मङगलवार प्रति क्रेट छ सयदेखि सात सय रुपैयाँमा बिक्री भइरहेको किसानले बताएका छन् ।

बजारमा ठूलो मात्रामा भारतीय गोलभेँडा भित्रिएपछि स्थानीय गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । माघे संक्रान्तिका कारण पनि गोलभेँडाको बिक्री घटेकाले मूल्यमा प्रभाव पारेको हरिवन नगरपालिका–२, अत्रौलीका किसान माधव खरेलले जानकारी दिए ।

याे पनि पढ्नुस  सर्लाहीका प्रजिअलाई कोरोना संक्रमण पुष्टि

सर्लाहीका किसानले उत्पादन गरेको गोलभेँडा लालबन्दी र नवलपुर बजारमा बिक्री हुने गरेको छ । किसानले यि दुई बजारमा ल्याएर बिक्री गरेको गोलभेँडा काठमाडौं लगायत देशका विभिन्न शहरमा निर्यात भइरहेको छ । नवलपुर बजारका थोक तरकारी व्यापारी शम्भु चौधरीले यहाँका बजारमा अहिले स्थानीय भन्दा भारतीय गोलभेँडा बढी भित्रीरहेको बताए ।

याे पनि पढ्नुस  उखुकाे भुक्तानी दिन थालेपछि इन्दू मिलमा किसान आकर्षित

व्यापारी चौधरीका अनुसार सर्लाहीमा अहिले दैनिक ५० टन भन्दा बढी भारतीय गोलभेँडा आइरहेको छ । यहाँबाट भने दैनिक ३० टन गोलभेँडा मात्रै बाहिर गइरहेको व्यापारी चौधरीले जानकारी दिए ।

भारतीय गोलभेँडा बजार नआउञ्जेल सर्लाहीका किसानले गोलभेँडाको राम्रो मूल्य पाइरहेका थिए । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष राम्रो मूल्यमा गोलभेँडा बिक्री गइरहेका किसान पछिल्ला दिनमा अत्यधिक भारतीय गोलभेँडा भित्रिन थालेपछि निराश भएका छन् ।

कमेन्ट गर्नुहोस्