माडीलाई मणि बनाउने प्रयासमा छौंः अध्यक्ष प्रचण्ड

चितवनः नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले चितवनको माडीलाई मणि बनाउने प्रयास जारी रहेको बताए ।

आजबाट सुरु भएको प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू माडीलाई मणि बनाउने अभियानमा निरन्तर जुटिरहेको बताएका हुन् ।

कृषि, पर्यटन, विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्ने विभिन्न काम भइरहेको बताउँदै प्रचण्डले सबैको साथ रहे छिट्टै नै मणि बन्ने बताए । सबैको यस्तै साथ रहे माडीले केही वर्षमा फड्को मार्ने प्रचण्डको भनाई छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माडीलाई मणि बनाउन सवै भन्दा ठूलो समस्याका रुपमा रहेको २०२९ को निकुञ्ज ऐन परिवर्तनका लागि आफूले माथिल्लो तहबाट पहल गरिरहेको बताएका छन् । उनले निकुञ्ज ऐनले वन्यजन्तुको सुरक्षामा मात्रै ध्यान दिएको तर मानिसकोबारेमा कुनै ध्यान नदिएकाले परिवर्तनका लागि पहल भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘वन मन्त्रालय, प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयसँग कसरी बहस, छलफल गरिरहेको छ भन्ने कुरा माडीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिले प्रष्टसँग देखिरहेका छन् ।’ प्रचण्डले भने, ‘माडीका जनता चितवनवासी हुँदा–हुँदै पनि अर्कै भूगोलका जनता जसरी पीडित बनिरहनु परेको छ।

कमेन्ट गर्नुहोस्