रजनीकान्तको ‘दरबार’ ले कति कमायो पहिलो विकेन्डमा?

एजेन्सीः दक्षिण भारतीय फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा १ सय ५० करोड भारु कमाइ गरेको छ ।

हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको यो फिल्मले विश्वव्यापी रुपमा डेढ करोड बराबरको ग्रस कलेक्सन गरेको हो ।

याे पनि पढ्नुस  दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

तमिल भाषामा रिलिज भएको फिल्मले सबैभन्दा बढी कमाइ गरेको छ । यो फिल्म दक्षिण भारतमा सोलो रिलिज हुने मौका पाएको थियो । यसको फाइदा पनि फिल्मलाई भएको छ ।

हिन्दी भाषामा भने फिल्मले कमजोर व्यापार गरेको छ । बलिउडका दुई फिल्म ‘छपाक’ र ‘तान्हाजी’ पनि एकसाथ रिलिज भएकाले रजनीकान्तको फिल्मले खासै व्यापार गर्न सकेन ।

कमेन्ट गर्नुहोस्