आयरल्याण्डमा ‘सेम–सेक्स म्यारिज’लाई कानुनी मान्यता

एजेन्सीः उत्तरी आयरल्याण्डमा सेम–सेक्स म्यारिज (एउटै लिंगी मानिसबीच विवाह) लाई कानुनी मान्यता दिइएको छ ।

यही सोमबारदेखि सेम–सेक्स जोडीहरु विवाहका लागि दर्ता गर्न योग्य हुने छन् । जसअनुसार आगामी फेब्रुअरीमा पहिलो विवाह सम्पन्न हुनेछ । आफैँ विवाह गरिसकेका सेम–सेक्स जोडीको विवाहले पनि अब कानुनी मान्यता पाउनेछ ।

वर्षौँदेखि माग हुँदैआएकोमा यहाँको सरकारले गरेको नयाँ व्यवस्थालाई ‘ऐतिहासिक’ ठानिएको छ । खासगरी सम्बन्धमा रहे पनि वैवाहिक सम्बन्धको मान्यता नपाएका तेस्रोलिंगी समुदाय यस्तो निर्णयबाट लाभान्वित हुने छन् ।

उत्तरी आयरल्याण्डमा २०१९ मा नै कानुन बनेको भए पनि हालै लागु भएको हो । यहाँका अधिकारीहरुले यसलाई ‘राम्रो दिन’ भन्दै प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्