वानडे सिरिजः अष्ट्रेलियाविरुद्ध २५५ रनमै समेटियो भारत

काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टिम भारतले अष्ट्रेलियालाई २ सय ५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनायो ।

उसका लागि शिखर धवनले ७४, केएल राहुलले ४७, ऋषभ पन्तले २८, रवीन्द्र जडेजालो २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३, मोहम्मद शामी, रोहित शर्माले १०–१० रनको योगदान दिए ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३, केन रिचडर्सन, प्याट कमिन्सले २–२, एडम जम्पा र एश्टन अगरले एक–एक विकेट लिए ।

शिखर शतक बनाउन असफल

भारतीय टिमका ओपनर शिखर धवन ७४ रनमा आउट हुन पुगे । उनी २८.५ ओभरमा व्यक्तिगत ९१ बलमा ७४ रन बनाएको अवस्थामा क्याच आउटको सिकार भएका हुन् ।

शिखरलाई प्याट कमिन्सले एश्टन अगरको हातबाट क्याच आउट गराए ।

अर्धशतक बनाउन चुके केएल

अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको पहिलो खेलमा ओपनर केएल राहुल अर्धशतक बनाउन चुके । उनी ३ रनले अर्धशतक बनाउन चुकेका हुन् । केएल २७.१ ओभरमा व्यक्तिगत ४७ रनमा ‘क्याच आउट’को सिकार हुन पुगे । उनलाई एश्टन अगरले स्टिभ स्मिथको हातबाट क्याच आउट गराए ।

शिखरले वानडेमा पूरा गरे २८ औँ अर्धशतक

भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलियासँगको सिरिजको पहिलो खेलमै अर्धशतक बनाइसकेका छन् । उनले ६६ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । वानडे क्रिकेटमा शिखरको यो २८ औँ अर्धशतक हो ।

सस्तैमा आउट भए उपकप्तान शर्मा

भारतले आज पहिलो विकेटका रुपमा ४.३ ओभरमा उपकप्तान रोहित शर्मालाई गुमायो । उनी व्यक्तिगत १० रनमा आउट हुन पुगे । रोहितलाई मिचेल स्टार्कले डेबिड वार्नरको हातबाट क्याच आउट गराएका थिए ।

पहिलो खेलमा अष्ट्रेलियाको प्लेइङ ११ः डेविड वार्नर, आरोन फिन्च (कप्तान), स्टिभ स्मिथ, मार्नस लाबुस्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एश्टन अगर, प्याट कमिन्स, मिचेल स्टार्क, केन रिचर्डसन र एडम जम्पा ।

पहिलो खेलमा भारतको प्लेइङ ११ः शिखर धवन, रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शामी, र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्