भोलि माघे संक्रान्ति, कहाँ–कहाँ छ सार्वजनिक विदा ?

काठमाडौंः भोलि माघे संक्रान्ति मनाइँदैछ । माघे संक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने गरेका छन् । त्यसकारण विभिन्न प्रदेश तथा स्थानीय तहहरूले माघे संक्रान्तिको अवसरमा विदा दिएका छन् ।

कहाँ–कहाँ छ विदा ? (सूचीसहित)

प्रदेश १
प्रदेश १ सरकारले माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश
माघ १ गते माघे संक्रान्तिमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

प्रदेश ५ सरकारले
थारु र मगर समुदायको बाहुल्य रहेको प्रदेशमा आउने माघ १ र २ गते सार्वजनिक विदा दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिएका छन्ग । त वर्ष पनि प्रदेश सरकारले दुई नै विदा दिएको थियो ।

कर्णाली प्रदेश
माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदायहरुले माघे संक्रान्ति मनाउने चलन रहेकाले माघे संक्रान्तिमो सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले पनि माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा माघ १ गते पहाडी समुदायले माघे संक्रान्ति र थारु समुदायले माघी पर्व विशेष रूपमा मनाउने गर्छन् ।

कैलारी गाउँपालिका
कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन (माघ १, २ र ३ गते) विदा दिने निर्णय गरेको छ । सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।

कमेन्ट गर्नुहोस्