अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो

अस्ट्रेलियाः दक्षिण अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । खडेरी र पानीको समस्यासँग जुधिरहेको उक्त क्षेत्रमा ऊँटले धेरै पानी खाइदिएपछि हेलिकप्टरबाट गोली हानेर मारिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

५ दिन लगाएर ‘सुटर’ले हेलिकप्टरबाट गोली हानेर ऊँट मारेका हुन् । खडेरी प्रभावित दक्षिणी अस्ट्रेलिया क्षेत्रका रैथानेहरुलाई ऊँटले पानी खाइदिएर असर गरेपछि गोली हानेर मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सेप्टेम्बरदेखि अस्ट्रेलियामा फैलिएको डढेलोका कारण खानार पानीको अभाव भएपछि ऊँटहरु त्यसैको खोजीमा मानवबस्तीहरुमाछिर्न थालेका छन् । कतिपय खान नपाएर भोकै रहने र जुनसुकै ठाउँमा ऊँटहरु मरेका छन् । पानीमा मुहानहरुमा पानी खाने त्यहीँ मर्न थालेपछि मारिएको हो ।

ऊँट अस्ट्रेलियाको रैथाने प्रजाति हैन । यो त्यहाँका लागि बाह्य प्रजाति हो । सन् १८४० मा अस्ट्रेलियामा पहिलोपटक भारतबाट ऊँट ल्याइएको थियो । अस्ट्रेलियामा पहिलो पटक २० हजार ऊँट अन्यत्रबाट ल्याइएको थियो ।

अहिले विश्वमा सबैभन्दा बढी ऊँट अस्ट्रेलियामा पाइन्छन् । अस्ट्रेलियाका विभिन्न मरुभूमिहरुमा करिब १० लाखको हाराहारीमा ऊँट रहेको अनुमान गरिन्छ ।

कमेन्ट गर्नुहोस्