चेक सच्याएर बैंकको सवा ४ करोड हिनामिना, ८ जनाविरुद्ध मुद्दा

काठमाडौंः कृषि विकास बैंकबाट चार करोड ४२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ८ जनाविरूद्व मुद्दा दायर गरेको छ ।

अख्तियारले बैंकको न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ढुंगेलसहित कृषि विकास बैंकका कर्मचारीहरू दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे र रमेशराज विष्ट तथा दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीविरुद्ध अधिकतम चार करोड २४ लाखदेखि न्यूनतम् ६७ लाखसम्म फरक–फरक बिगो कायम गरि आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

आरोपपत्र पढ्न यहाँ क्लिक गर्नुहोस्ः

 

कमेन्ट गर्नुहोस्