विप्लव समूहका कोसी व्यूरो सदस्यले गरे आत्मसमर्पण

धनकुटाः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कोशी व्यूरो सदस्य संघर्ष भनिने अमर परियारले जिल्ला प्रशासन कार्यालय धनकुटामा आत्मसमर्पण गरेका छन् ।

परियारले गत पुस २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे पनि प्रहरीले दुःख दिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।

याे पनि पढ्नुस  विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

उनले २०७५ पौष महिनादेखि नै पार्टीको गतिविधि र पार्टीको सम्पर्कमा नभए तापनि पुस २४ गतेदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरिसकेको बताए । धनकुटाको पाख्रीवास नगरपालिका–१ सान्ने घर भएका परियार २०६१ सालदेखि राजनीतिमा सक्रिय थिए ।

कमेन्ट गर्नुहोस्