वार्नरले बनाए अर्को कीर्तिमान, तोडियो गेलको रेकर्ड

काठमाडौंः अष्ट्रेलिया क्रिकेट टिमका ओपनर डेविड वार्नरले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले आज भारतविरुद्ध शतक बनाउँदै नयाँ उपलब्धि हासिल गरका हुन् । वार्नरले ओपनर ब्याट्सम्यानको तर्फबाट सबै क्रिकेट प्रारुपमा ४३ शतक पूरा गरेका छन् । योसँगै उनले क्रिस गेलको रेकर्डलाई तोडेका छन् ।

गेलले ओपनर ब्याट्सम्यानका रुपमा सबै क्रिकट प्रारुपमा ४२ शतक बनाएका छन् । अब उनलाई पछि पार्दै वार्नर दोस्रो स्थानमा उक्लिएका छन् । उनले टेष्टमा २४, वानडेमा १८ र टी–२० क्रिकेटमा १ शतक बनाएका छन् ।

ओपनर ब्याट्सम्यानका तर्फबाट सर्बाधिक शतक बनाउने खेलाडीको कीर्तिमान भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलरकेको नाममा रहेको छ । उनले ओपनर ब्याट्सम्यानका रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ शतक बनाएका छन् ।

भारतविरुद्ध नै पूरा गरे वार्नरले अर्को ऐतिहासिक सफलता

वार्नरले एकदिवसीय क्रिकेटमा सर्बाधिक छिटो ५ हजार रन पूरा गर्दै इतिहास रचेका छन् । उनले भारतविरुद्ध आज १० रन बनाउने वित्तिकै वानडेमा ५ हजार रन पूरा गरेका हुन् । उनले ११५ इनिङ्समा यो उपलब्धि हासिल गरे । वार्नर वानडे क्रिकेटमा सर्बाधिक छिटो ५ हजार रन बनाउने चौथो क्रिकेटर बनेका छन् ।

याे पनि पढ्नुस  न्यूजिल्याण्ड विरुद्धको टेष्ट सिरिज अष्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

एकदिवसीय क्रिकेटमा सर्बाधिक ५ हजार रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा दक्षिण अफ्रिकी पूर्वक्रिकेटर हसिम अमला छन् । उनले १०१ इनिङ्समा ५ हजार रन पूरा गरेका थिए । यस्तै यो सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका पूर्वक्रिकेटर भिभ रिचर्ड्स छन् । उनले ११४ इनिङ्समा ५ हजार रन बनाएका थिए ।

सर्बाधिक ५ हजार रन बनाउने खेलाडीको सूचीमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तेस्रो स्थानमा छन् । उनले पनि ११४ इनिङ्समै ५ हजार रन पूरा गरेका थिए ।

यो सूचीको पाँचौ स्थानमा इंग्ल्याण्डका जो रुट, छैटौंमा वेष्ट इन्डिजका ब्रायन लारा, सातौं स्थानमा शिखर धवन, आठौंमा केन विलियम्सन रहेका छन् ।

सिरिजको पहिलो खेल भारत १० विकेटले विजयी

भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

याे पनि पढ्नुस  क्रिस गेल; जसले बनाइसकेका छन् यस्ता यस्ता कीर्तिमान

उसका लागि ओपनरद्वय डेविड वार्नर र आरोन फिन्चले शतक बनाए । वार्नरले ११२ बलमा १७ चौका र ३ छक्काको मद्दतमा अविजित १ सय २८ रन बनाए ।

यस्तै अर्का ओपनर फिन्चले ११४ बलमा १३ चौका र २ छक्का हिर्काउँदै नटआउट १ सय १० रनको योगदान दिए ।

आजको जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनायो ।

उसका लागि शिखर धवनले ७४, केएल राहुलले ४७, ऋषभ पन्तले २८, रवीन्द्र जडेजालो २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३, मोहम्मद शामी, रोहित शर्माले १०–१० रनको योगदान दिए ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३, केन रिचडर्सन, प्याट कमिन्सले २–२, एडम जम्पा र एश्टन अगरले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  अष्ट्रेलियन विस्फोटक ब्याट्सम्यान डेविड वार्नरले सन्यास लिनसक्ने

शिखर शतक बनाउन असफल

भारतीय टिमका ओपनर शिखर धवन ७४ रनमा आउट हुन पुगे । उनी २८.५ ओभरमा व्यक्तिगत ९१ बलमा ७४ रन बनाएको अवस्थामा क्याच आउटको सिकार भएका हुन् ।शिखरलाई प्याट कमिन्सले एश्टन अगरको हातबाट क्याच आउट गराए ।

अर्धशतक बनाउन चुके केएल

अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको पहिलो खेलमा ओपनर केएल राहुल अर्धशतक बनाउन चुके । उनी ३ रनले अर्धशतक बनाउन चुकेका हुन् । केएल २७.१ ओभरमा व्यक्तिगत ४७ रनमा ‘क्याच आउट’को सिकार हुन पुगेका थिए । उनलाई एश्टन अगरले स्टिभ स्मिथको हातबाट क्याच आउट गराए ।

शिखरले वानडेमा पूरा गरे २८ औँ अर्धशतक

भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलियासँगको सिरिजको पहिलो खेलमै अर्धशतक बनाए । उनले ६६ बलमा ८ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । वानडे क्रिकेटमा शिखरको यो २८ औँ अर्धशतक हो ।

कमेन्ट गर्नुहोस्