माघे संक्रान्तिमा कमल थापाद्वारा देवघाटमा स्नान

तनहुँः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा देवघाट पुगेर माघी नुहाएका छन् । थापाले माघे संक्रान्तिका अवसरमा देवघाट पुगेर स्नान गरेका हुन् ।

माघे संक्रान्तिमा देवघाटमा विशेष मेला लाग्ने गरेको छ भने त्यसबेला दर्शनार्थीको घुईँचो लाग्ने गरेको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि मंगलबारबाट शुरु भएको हो । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाईकुण्डबाट बगेर आउने त्रिशुली नदीको संगम देवघाटमा प्रत्येक वर्षको मकर संक्रान्तिमा मेला लाग्ने गर्छ ।

याे पनि पढ्नुस  राप्रपाको कार्य समिति विस्तार, ७२७ सदस्यीय केन्द्रीय समिति

कालीगण्डकी र त्रिशुलीको संगममा स्नान गर्न देश तथा विदेशबाट लाखौं भक्तजन देवघाट आउने गर्छन् । यस वर्ष मेलामा करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

दामोदर कुण्डबाट बगेर आएको कालीगन्डकी र गोसाईकुण्डबाट बगेर आएको त्रिशुलीको संगमस्थान देवघाटको बेणीसँगममा मकर संक्रान्तिमा स्नान गरेमा फल प्राप्त हुने जनविश्वास रही आएको छ ।

कमेन्ट गर्नुहोस्