गस्तीमा रहेका भारतीय सेना हिउँमा चिप्लिएर पाकिस्तान पुगेपछि…

एजेन्सीः लगातार परेको हिउँमा चिप्लिएपछि एक भारतीय सेना पाकिस्तान पुगेका छन् । गत बुधबार चिप्लिएका उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको छ ।

भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेको अवस्थामा अचानक हिउँमा चिप्लिएर भारतीय सेनाका हबिल्दार राजेन्द्र सिंह नेगी पाकिस्तानी भू–भागमा पुगेका हुन् ।

याे पनि पढ्नुस  काठमाडौंमा पानी पर्‍यो, चन्द्रागिरिलाई हिउँले ढाक्यो

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई उनी गस्तीको क्रममा हराएको खबर दिइएको थियो । त्यसको केहि दिनपछि हिउँमा चिप्लिएर लड्दा उनी पाकिस्तान पुगेको पत्ता लागेको हो ।

रोजेन्द्रलाई फर्काउन भारतले पहल गरिरहेको बताईएको छ । रोजेन्द्रकी पत्नी राजेश्वरीले आफ्ना पतिलाई सकुशल घर फर्काईदिन समेत अपिल गरेकी छन् ।

कमेन्ट गर्नुहोस्