अछामः बान्नीगढी जयगढ गाउँपालिकाको अतिथि भवन प्राङ्गणमा राखिएका करिव ५० कुर्ची अज्ञात समुहले आगजनी गरेर नष्ट बनाएको छ ।
पुष २९ गते हुने भनिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइका लागी गाउँपालिकाको अतिथि भवनको प्रागङ्णमा राखेका कुर्चीहरु अज्ञात समुहले मंगलवार राती आगजनी गरेर नष्ट गरेको हो ।
बर्षाका कारण सार्वजनिक सुनुवाइ स्थगित भएपछि गाउँपालिकाका कुर्चीहरू अतिथि भवनको प्रागङ्णमा राखिएका थिए । कुर्चीहरु नष्ट भएकोबारे गाउँपालिकालाई बुधवार बिहान खवर भएको थियो ।
गाउँपालिकाका कुर्चिहरु अज्ञात समुहले नष्ट गरेको खवर पाएसंगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाढि बढाइएको बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।