काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मेलबर्न स्टार्सविरुद्ध पर्थ स्कर्चर्स ८६ रनमै समेटिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पर्थले १३.५ ओभरमा सबै विकेट गुमायो । उसका लागि जोश ईन्ग्लिसले सर्बाधिक ३७ रन बनाए ।
बलिङमा मेलबर्न स्टार्सका ज्याक्सन कोलम्यानले ३, सन्दीप लामिछानेले २, नाथन कल्टर नाइल, ग्लेन म्याक्सवेल र हरिस रौफले एक–एक विकेट लिए ।
कस्तो रह्यो सन्दीपको तीन ओभर?
पर्थविरुद्ध आज सन्दीपले शानदार बलिङ गरे । उनले पहिलो ओभरमा ३, दोस्रो ओभरमा बिनाविकेट ४ रन दिएका थिए ।
आफ्नो दोस्रो ओभरमा सन्दीपले क्याच आउटको मौका मौका दिएका थिए । तर मार्कस स्टोइनिसले क्याच छोड्न पुगेका थिए । उनले आफ्नो तेस्रो ओभरमा भने मेडनसहित लगातार २ विकेट लिन सफल भए ।
जारी प्रतियोगितामा मेबलर्नले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ । र, मेलबर्न तालिकाको शीर्ष स्थानमा छ । यता पर्थले ९ म्याच खेल्दा ५ मा जित निकालेको छ ।
मेलबर्नको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर–नाइल, बेन डंक, सेब गोच, ज्याक्सन कोलम्यान, सन्दीप लामिछाने, निक लार्किन, हरिस रौफ र डानियल वर्रल ।