बिग बास लिगः सन्दीप उक्लिए ‘टप–७’मा

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने सूचीको ‘टप–७’मा उक्लिएका छन् ।

मेलबर्न स्टार्समा आवद्ध सन्दीपले आज पर्थ स्कर्चर्सविरुद्ध २ विकेट लिएसँगै उनी सर्बाधिक विकेट लिनेको ‘टप–७’मा उक्लिएका हुन् ।

सन्दीपले ९ खेलमा १२८ रन दिएर ११ विकेट लिएका छन् । उनले आज आफ्नो तेस्रो ओभरमा लगातार विकेट लिए ।

याे पनि पढ्नुस  मेलबर्न स्टार्सको दशौं जित, सन्दीपले लिए महत्वपूर्ण विकेट

सन्दीपले तेस्रो ओभरमा क्रिस जोर्डनलाई ५ झाय रिचर्डसनलाई १ रनमा आउट गर्न सफल भए । उनले आज ३ ओभरमा ७ रन दिएर २ विकेट लिन सफल भए । बुधबार दिउँसोसम्म स्नदीप सर्बाधिक विकेट लिनेकाे सूचीमा ९ विकेटका साथ १९ औँ स्थानमा थिए ।

याे पनि पढ्नुस  सन्दीप लामिछानेले रचे इतिहास

जारी बीबीएलमा सर्बाधिक विकेट लिनेको सूचीमा सिड्नी थन्डरका डानियल साम्स छन् । उनले १० म्याचमा १७ विकेट लिएका छन् ।

यस्तै सूचीको दोस्रो स्थानमा १६ विकेटका साथ मेलबर्न स्टार्सका हरिस रौफ रहेका छन् । तेस्रो स्थानमा १५ विकेट लिँदै राशिद खान छन् ।

याे पनि पढ्नुस  केन्याविरुद्ध सन्दीपको करिअरकै उत्कृष्ट बलिङ, एक्लै झारे केन्याकाे पाँच विकेट

मेलबर्न स्टार्सका स्पिनर एडम जम्पा १० विकेटका साथ १४ औँ स्थानमा छन् । आफ्नो टिममा भने सन्दीप सर्बाधिक विकेट लिनेको दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि हरिस रौफ रहेका छन् ।

कमेन्ट गर्नुहोस्