एमएम कपः आर्मी फाइनल प्रवेश

काठमाडौंः प्रदेश नम्बर–३ लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुधबार सम्पन्न सेमीफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ३ ले ३८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा प्रदेश–३ को लागि सोनु तामांगले सर्वाधिक ७४ रन बनाए । उनले ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । इशान पाण्डेले १७ तथा सुबास खकुरेलले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

याे पनि पढ्नुस  एमएम कपः शुसन एक्लैले लिए ७ विकेट, ५६ रनमै समेटियो एमएमसीसी

प्रदेश ३ को बलिंगमा देब्रे हाते स्पिनर सुशन भारिले सर्वाधिक ३ विकेट लिए । भारिले ८.१ ओभरमा ३ मेडन ओभर गर्दै २३ रन खर्चिए । अर्का देब्रे हाते स्पिनर शाहब आलमले २ विकेट तथा बिक्रम सोब, हरि बहादुर चौहान, हरि कृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए ।

याे पनि पढ्नुस  मलेसियाद्वारा सुदूरपश्चिमलाई ५० रनको लक्ष्य, शेर मल्लले लिए ५ विकेट

यस अघि टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो ।

आर्मीको लागि ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए । जुन क्रममा ७३ बलमा ३ चौका प्रहार गरे । यस्तै कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का मदतले ३७ रन बनाए । रोहित पौडेलले २९, बिक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भिम शार्कीले १५ रन बनाए ।

याे पनि पढ्नुस  एमएम कपको उपाधि त्रिभुवन आर्मी क्लबलाई

प्रदेश–३ को बलिंगमा तिब्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७.३ ओभर बलिंग गदै २२ रन खर्चिए । तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिए । प्रतियोगिताअन्तर्गत दोश्रो सेमीफाइनल खेलमा बिहीबार नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल शनिवार हुनेछ ।

कमेन्ट गर्नुहोस्