पोशाकमै भारतीय प्रहरी कर्णाली–चिसापानी घुमेर फर्किए

कैलालीः भारतीय प्रहरी पोशाकमै चिसापानी–कर्णाली घुम्न कैलालीको पुगेर फर्किएका छन् । नेपालगञ्जको रुपेडीया नाका बाट ९ जना भारतीय प्रहरी पोशाकमै कर्णाली पुल हेर्न आएका थिए । कैलालीको चिसापानी पुगेपछि उनीहरुलाई प्रहरीले सामान्य सोधपुछ गरेकोमा भारतीय प्रहरीले घुम्न आएको प्रतिक्रीया दिएका थिए।

याे पनि पढ्नुस  अनुमतिविनै पोसाकसहित भारतीय प्रहरी टोली दैलेख पुगेपछि...

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालमा भ्रमण बर्ष चलिरहेको थाहा पाएपछि उनीहरु कर्णाली पुल घुम्न आएको जानकारी दिए ।

‘रुपेडीयासम्म भारतीय एक मन्त्रीको स्कटीङमा पुगेका भारतीय प्रहरी कर्णालीको नाम सुनेपछि नेपाली प्रशासनसँग समन्वय गरेरै घुम्न आएका हुन्,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘बाटोमा प्रहरी पोशाक बाहिर जकेट लगाएका थिए। कर्णालीमा फोटो खिच्दा कतिपयले जकेट खोलेका हुन सक्छन्।’

याे पनि पढ्नुस  कोरोनाः करिब ६० जना नेपाली दर्शनार्थी जम्मु काश्मीर प्रहरी निगरानीमा

उनले ९ जनाको टोली कर्णाली पुल हेरिसकेपछि आजै फर्किएको समेत दावी गरे। उनले भारतीय प्रहरीसँग हतियार भने नभेटिएको दावी गरे।

कमेन्ट गर्नुहोस्