धनगढीमा ग्याङफाइट, अस्पतालमा पनि तोडफोड

कैलालीः जिल्लाको धनगढी उपमहानगरपालिकामा बुधवार राति युवाहरुबीच झडप भएको छ । राति साढे १० बजे धनगढी उपमहानगरपालिका–१ अस्पताल लाईनमा युवाहरुको समूहबीच झडप भएको हो । युवाहरुको एक समूहले धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीय समिर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो ।

याे पनि पढ्नुस  कैलालीमा ४ थान पेस्तोल र सुनसहित तीन जना पक्राउ

आक्रमणपछि तियाली घाईते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । दुई जनालाई राती नै पक्राउ गरिएको उनले जानकारी दिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने २२ बर्षीय चन्द्र भाट र २१ बर्षीय शुभम शाहलाई पक्राउ गरिएको उनले बताए ।

याे पनि पढ्नुस  ‘संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ’

झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ । अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुडा गरेपछि अस्पतालमा पनि क्षती भएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले भने तियालीमाथि आक्रमण गर्ने क्रममा अस्पतालमा ढुङगा लागेको हुन सक्ने बताए । घटनामा संग्लन थप २ जनाको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । दिनेश खबरबाट

याे पनि पढ्नुस  मिटर ब्याजीको जालो बन्दै धनगढी

कमेन्ट गर्नुहोस्