वेष्ट इन्डिजकी महिला अम्पायरले रचिन यस्तो इतिहास

काठमाडौंः वेष्ट इन्डिजकी ज्याकलीन विलियम्स अन्तर्राष्ट्रिय पुरुष क्रिकेट म्याचमा ‘थर्ड अम्पायर’को भूमिका निर्वाह गर्ने पहिलो महिला बनेकी छन् ।

बुधबार राति भएको वेष्ट इन्डिज र आयरल्याण्डबीचको टी–२० म्याचमा ४३ वर्षीया विलियम्सले ‘थर्ड अम्पायर’को भूमिका निर्वा गरकी थिइन् । उनले वेष्ट इन्डिज र आयरल्याण्डबीचको तीन खेलको सिरिजमा तेस्रो अम्पायरको भूमिका निर्वाह गर्ने छिन् ।

‘थर्ड अम्पायर’को भूमिका निर्वाह गर्न पाएपछि विलियम्सले आइसीसीलाई धन्यवाद दिएकी छिन् । उनले भनेकी छन्, ‘मेरो लागि यो ठूलो सम्मान हो, यसका लागि म आइसीसीप्रति आभारी छु । म चाहन्छ आउँदो दिनमा धेरैभन्दा धेरै महिला अम्पायर अगाडि आउन् ।’ गएको महिनामा भारतकी जीएस लक्ष्मी विदेशमा पुरुषको क्रिकेटमा अम्पायरिङ गर्ने पहिलो रेफ्री बनेकी थिइन् ।

याे पनि पढ्नुस  आइसीसीद्वारा नयाँ टी–२० वरियता सार्वजनिक, नेपाल कति नम्बरमा?

घरेलु मैदानमा आयरल्याण्डसँग वेष्ट इन्डिज पराजित

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली आयरल्याण्डमाथि घरेलु मैदानमा वेष्ट इन्डिज ४ रनको झिनो अन्तरले पराजित भएको छ । बुधबार राति आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  टी–२० वरियताः शेफालीले गुमाइन् शीर्ष स्थान, नेपालबाट २ खेलाडी समावेश

उसका लागि इवन लुईसले ५३, कप्तान किरण पोलार्डले ३१, शिमरोन हेटमायरले २८, लेन्डल सिमन्सले २२, निकोलश पूरन, शेरफन रदरफोर्डले २६–२६ र डीजे ब्रावोले ९ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका जोस लिटलले सर्बा्धिक ३ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

उसका लागि पउल स्टर्लिङले शानदार ब्याटिङ गरे । उनले ४७ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९५ रन बनाए । पउलले आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्दै छन् ।

याे पनि पढ्नुस  नयाँ टी–२० वरियता सार्वजनिक, नेपाली क्रिकेटरको अवस्था के?

यस्तै वेष्ट इन्डिजविरुद्ध केभिन ओब्रायनले ४८, ग्यारेथ डेलानीले १९ र ग्यारी विल्सनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा वेस्ट इन्डिजका डीजे ब्रावो, सेल्डन कोट्रेल, खरी पिर्रेले २–२ विकेट लिए । वेष्ट इन्डिज र आयरल्याण्डबीचको दोस्रो खेल १९ जनवरीमा हुनेछ ।

कमेन्ट गर्नुहोस्