विराटनगरः मोरङमा घाटमा जलाउन लगेको २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर–८ संघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा साहको शव नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
उनले माइती पक्षको उजुरीका आधारमा शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाइएको जानकारी दिए ।
बिहीबार बिहान मृत्यु भएकी साहको घाँटीमा चोट देखिएको माइती पक्षले जनाएको छ ।