पुलिस एमएम कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिडन्त

खेलको प्लेयर अफ द म्याच सागर ढकाल ।

काठमाडौंः नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहिबार सम्पन्न सेमीफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंग भेट पक्का गरेको हो । आर्मीले पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ लाई बुधबार पराजित गरेको थियो ।

उपाधिको लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमले ३३.४ ओभरमा १ सय ३० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

याे पनि पढ्नुस  इन्ज्युरी समयमा गोल गर्दै मनाङद्वारा आर्मी पराजित

सुदुरपश्चिमको किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । आकाश चन्दले अविजित २३, गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान सन्तोष भट्टले एक, अरुन ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दिपक बोहराले खाता खोल्न सकेनन् ।

सुदूरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रे हाते स्पिनर सागर ढकालले ५ विकेट लिए । ६.४ ओभर बलिंग गर्दै ढकालले १ मेडन ओभर सहित ९ रन मात्र खर्चिए । यस्तै अर्का देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १र१ विकेट लिए ।

याे पनि पढ्नुस  मलेसियाद्वारा सुदूरपश्चिमलाई ५० रनको लक्ष्य, शेर मल्लले लिए ५ विकेट

यस अघि टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । पुलिसको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे । अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  एमएम कपः दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनलमा

सुदूरपश्चिमको बलिंगमा शेर मल्ल, बिनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए । सन्तोष भट्टले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सागर ढकाल चुनिए ।

कमेन्ट गर्नुहोस्