काठमाडौंः भारत र अष्ट्रेलियाबीचको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो म्याच भोलि (शुक्रबार) हुँदैछ । पहिलो खेलमा १० विकेटको लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा बदला लिने योजना बनाएको छ ।
घरेलु मैदानमा १५ वर्षपछि १० विकेटको फराकिलो हारपछि निराश बनेको भारतलाई सिरिज जिवितै राख्न भोलिको खेल जित्नैपर्ने दबाब छ । यदि दोस्रो म्याच पनि गुमाएमा उसले सिरिज नै एक खेल अगावै अष्ट्रेलियालाई सुम्पिन बाध्य हुनेछ ।
म्याचको एकदिन अगाडि भारतीय खेलाडी त्यति निशाश देखिँदैनन् । टिमका अनुभवी स्पिनर युजवेन्द्र चहलले इन्टाग्रामा पोष्ट गरेको तस्बिरमा पनि खेलाडी ‘मस्ती’मै देखिन्छन् । सिरिजको दोस्रो खेल शुक्रबार दिउँसो १ः४५ बजेदेखि राजकोटमा सुरु हुनेछ ।
भारत–अष्ट्रेलियाबीचको पहिलो खेलमा बनेका केही कीर्तिमान
भारत १५ वर्षपछि १० विकेटले हार्योः भारतले १५ वर्षपछि १० विकेटको हार भोग्न बाध्य भयो। अहिलेस सम्म पाँच पटक १० विकेटले पराजित भएको छ। पहिलो पटक १९८१ मा न्युजिल्यान्डसँग मेलबर्नमा पराजित भएको थियो।
भारतले ११३ रनको लक्ष्य दिएको थियो। त्यस्तै १९९७ मा २०० रनको लक्ष्य वेस्टइंन्डिजले ब्रिजटाउनमा विना विकेट गुमाएर भेटाएको थियो। त्यस्तै सन् २००० मा दक्षिण अफ्रिकाविरुद्ध शारजाहमा १६५ रनको लक्ष्य दिएको भारत १० विकेटले पराजित भयो।
पछिल्लो पटक भारत २००५ मा दक्षिण अफ्रिका सँगै कोलकतामा १० विकेटले हारेको थियो। कोलकतामा १८९ रनको लक्ष्य दिएको भारत विरुद्ध १० विकेटको जित दक्षिण अफ्रिकाले दिएको थियो।
बिना विकेट गुमाएर दोस्रो ठूलो रन चेसः एकदिवसीय क्रिकेटमा बिना विकेट गुमाएर भएको यो दोस्रो ठुलो रन चेस हो । यसअघि २०१७ मा दक्षिण अफ्रिकाका हशिम अमला र क्विन्टन डीककले बंगलादेशविरुद्ध २७९ रनको लक्ष्य हासिल गरेका थिए । यसअघि दोस्रो ठूलो स्कोर २०१६ मा इंग्ल्यान्डका एलेक्स हेल्स र जसन राेयले श्रीलंका विरुद्ध २५५ रन बनाएका थिए ।
वानखडेमा भारतको लगातार तेस्रो हारः भारतीय टिमले वानखडेमा लगातार तेस्रो एकदिवसीय खेलमा पराजय भोग्न बाध्य भयो। यसअघि पहिलो दक्षिण अफ्रिकाविरुद्ध २०१५ मा २१४ रनले पराजित भएको थियो । जहाँ दोस्रो पटक २०१७ मा न्यूजिल्यान्डसँग ६ विकेटले भारत पराजित भएको थियो ।
भारत–अस्ट्रेलियाको टीम १३ वर्षपछि यहाँ आमुन्नेसामुन्ने भएका थिए । दुबै टिमबीच यो मैदानमा अहिले सम्म चार खेल खेलेका छन् । जसमा भारतीय टिम सिर्फ एक जित निकाल्न सफल भएको छ। तीन खेलमा अस्ट्रेलियाले जित निकालेको छ। पछिल्लो पटक २००७ मा जब दुई टिम एकअर्काविरुद्ध भिडेका थिए त्यतिबेला भारतले २ विकेटको जित निकालेको थियो। त्यसअघि १९९६ र २००३ मा हार भोगेको छ।
वार्नर सर्वाधिक चाँडो ५ हजार रन पूरा गर्ने चौंथो खेलाडीः वार्नरले एकदिवसीय क्रिकेटमा पाँच हजार रन पूरा गरेका छन् । सर्वाधिक कम इनिङमा पाँच हजार रन बनाउने वार्नर चौंथो ब्याट्सम्यान बने । वार्नरले ११५ इनिङमा यो उपलब्धी हाँसिल गर । दक्षिण अफ्रिकाका पूर्व ब्याटसम्यान हशिम अमलाले १०१, वेस्टइंन्डिजका पूर्व ब्याट्सम्यान विवियन रिर्चडसन र कोहलीले ११४ इनिङमा ५ हजार रनको कीर्तिमान बनाएका थिए ।