यी हुन् यू–१९ र सिनियर दुवै टिमबाट विश्वकप जित्ने क्रिकेटर

काठमाडौंः आइसीसी यू–१९ विश्वकप २०२० जनवरी १७ देखि फेब्रुअरी ९ सम्म दक्षिण अफ्रिकामा हुँदैछ। यस पटक नेपाल यू–१९ विश्वकपमा छनोट हुन सकेन । तर भविष्यका स्टार खेलाडीहरु जन्मने ठाउँको रुपमा यू–१९ विश्वकपलाई हेरिन्छ । यो १३ औं संस्करण हो भने दक्षिण अफ्रिकामा दोस्रो पटक आयोजना हुन लागेको हो ।

यू–१९ विश्वकपको शुरुवात सन् १९८८ मा अष्ट्रेलियाबाट भएको थियो । त्यसपछि १० वर्ष ब्रेक भयो । १९९८ देखि भने यो निरन्तर आयोजना भइरहेको छ । भारतले सर्वाधिक ४ पटक यू–१९ विश्वकप जितेको छ र डिफेण्डिङ च्याम्पियन समेत हो । पृथ्वी शाको कप्तानीमा भारतले २०१८ मा पछिल्लो पटक उपाधि जितेको र यस पटक उपाधि रक्षा गर्ने योजनामा रहेको छ।

यू–१९ टिममा गरेको प्रदर्शनकै आधारमा खेलाडीहरु सिनियर टिममा पर्दै आएका छन् । दुवै विश्वकप खेल्ने खेलाडीको चाहना हुन्छ । कमैको मात्र त्यो चाहना पूरा हुन्छ ।अझ दुवै विश्वकप खेलेर जित्ने त झन् कम छन् । जम्मा तीन खेलाडी छन् जसले यू–१९ र सिनियर टिमबाट विश्वकप खेले अनि दुवै विश्वकप जिते ।

याे पनि पढ्नुस  सन् २०१९ मा सर्बाधिक रन बनाउने ५ क्रिकेटर

विराट कोहली, भारतः भारतीय क्रिकेट टिमका वर्तमान कप्तान अनी विश्वकै अहिलेका नम्बर वान ब्याट्सम्यान । सन् २००८ मा मलेसियाको क्वालालम्पुरमा भएको यू १९ विश्वकपमा विराटकै कप्तानीमा भारतले दक्षिण अफ्रिकालाई १२ रनले पराजित गर्दै यू १९ विश्वकपको उपाधि जितेको थियो । तीन वर्ष पछि नै सन् २०११ मा उनले सिनियर टिमबाट विश्वकप जिते ।

२००८ को यू–१९ विश्वकप फाइनलमा कोहली ३४ बल खेल्दै १९ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध भारत १५९ रनमा अलआउट भएको थियो । तर बलिङमा अजितेस अग्रलले ५ ओभरमा २ मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिएपछि भारत डिएल मेथडमा विजयी भएको हो ।

त्यस विश्वकपमा कोहलीले ६ खेलमा एक शतकसहित २३५ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा तेस्रोमा थिए । महेन्द्र सिंह धोनीको कप्तानीमा २०११ को विश्वकपमा कोहलीले एक शतक र एक अर्धशतकसहित २८२ रन बनाए ।

याे पनि पढ्नुस  वेस्ट इन्डिजविरुद्ध कप्तान कोहली शून्यमै आउट!

फाइनलमा श्रीलंका विरुद्ध जित हात पार्दा कोहलीले गौतम गम्भीरसंग तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

युवराज सिंह, भारतः भारतीय टिमका पूर्व अलराउण्डर युवराज सिंहले यू–१९ र सिनियर टिमबाट विश्वकप जिते । दुवैमा उनी म्यान अफ दि सिरिज चयन भएका थिए ।

सन् २००० मा श्रीलंकाले भारतले यू–१९ विश्वकप जित्दा युवराजले ८ खेलमा २०३ रन बनाएका थिए । जसमा २ अर्धशतक समेत थियो । यस्तै उनले ८ खेलमा १२ विकेट समेत लिए ।

उनले दुई पटक ४ विकेट लिएका थिए । उनले फाइनलमा ४० बल खेल्दै २७ रन बनाएका थिए । ११ वर्षपछि भारतको सिनियर टिमले घरेलु मैदानमा विश्वकप जित्दा उनै युवराजले अलराउण्ड प्रदर्शन गरे अनि म्यान अफ दि सिरिज भए ।

उनले एक शतक र चार अर्धशतक सहित ३६२ रन बनाए । यस्तै उनले त्रबलिङमा १५ विकेट लिए । आयरल्याण्ड विरुद्धको खेलमा उनले ५ विकेट लिनुका साथै ब्याटिङमा ५० रन समेत बनाएका थिए जुन विश्वकपमा कीर्तिमान थियो ।

याे पनि पढ्नुस  वान डे सिरिजः वेस्ट इन्डिजविरुद्ध विराटको कीर्तिमानी शतक

फाइनलमा मुम्बईको वाङखडे स्टेडियममा उनले २ विकेट लिएका थिए भने ब्याटिङमा २४ बल खेल्दै अविजित २१ रन बनाए ।

जोस हेजलउड, अष्ट्रेलियाः  यो सूचीमा रहेका अर्का खेलाडी हुन् अष्ट्रेलियाका बलर जोस हेजलउड । उनले सन् २०१० मा न्यूजिल्याण्डमा भएको यू–१९ विश्वकप जितेका थिए ।

पाकिस्तानलाई फाइनलमा २५ रनले पराजित गर्दा उनी म्यान अफ दि म्याच चयन भएका थिए । जसमा उनले ४ विकेट लिएका थिए । उनले प्रतियोगिताभर १३ विकेट लिएका थिए । सर्वाधिक विकेट लिनेमा उनी संयुक्त रुपमा दाेस्रो स्थानमा थिए ।

यस्तै ५ वर्षपछि घरेलु मैदानमा अष्ट्रेलियन सिनियर टिमको विश्वकप जित्दा हेजलउड टिममा थिए । उनले फाइनलमा विकेट लिन नसके पनि ८ ओभरमा ३० रन मात्र खर्चिएका थिए । –अनलाइन खबरबाट

कमेन्ट गर्नुहोस्