काठमाडौंः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली भारतमा अडी क्यू८ (Audi Q8) को पहिलो मालिक बनेका छन् ।
अडी कम्पनीले यो मोडलको कार बुधवार मात्र लन्च गरेको थियो । अडी क्यू८ (Audi Q8) को मूल्य १.३३ करोड पर्दछ ।
विराटले अडी क्यू ८ (Audi Q8) कार अनुष्का शर्मालाई गिफ्ट दिनको लागि किनेका भारतीय मिडियाले लेखेका छन् । विराट बुधबार मात्र आइसीसी स्प्रिट अफ क्रिकेट अवाडबा सम्मानित भएका छन् ।
भारतले भाेलि पहिलो दोस्रो म्याच खेल्दै
भारत र अष्ट्रेलियाबीचको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो म्याच भोलि (शुक्रबार) हुँदैछ । पहिलो खेलमा १० विकेटको लज्जास्पद हार बेहोरेको भारतले दोस्रो खेलमा बदला लिने योजना बनाएको छ ।
घरेलु मैदानमा १५ वर्षपछि १० विकेटको फराकिलो हारपछि निराश बनेको भारतलाई सिरिज जिवितै राख्न भोलिको खेल जित्नैपर्ने दबाब छ । यदि दोस्रो म्याच पनि गुमाएमा उसले सिरिज नै एक खेल अगावै अष्ट्रेलियालाई सुम्पिन बाध्य हुनेछ ।
म्याचको एकदिन अगाडि भारतीय खेलाडी त्यति निशाश देखिँदैनन् । टिमका अनुभवी स्पिनर युजवेन्द्र चहलले इन्टाग्रामा पोष्ट गरेको तस्बिरमा पनि खेलाडी ‘मस्ती’मै देखिन्छन् । सिरिजको दोस्रो खेल शुक्रबार दिउँसो १ः४५ बजेदेखि राजकोटमा सुरु हुनेछ ।