२०७७ सालमा, कुन पर्व कुन दिन? (सूचीसहित)

काठमाडौंः नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना पर धकेलिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले गरेको निर्णय अनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ। पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ ।

तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जनाए ।

याे पनि पढ्नुस  स्वास्थ्यभन्दा ठूलो अरू केही छैन, ज्यान जोगाएर पर्व मनाउनुस् : मुख्मयन्त्री भट्ट

यस्ता छन् बि.सं २०७७ सालका पर्वहरु

–घटस्थापना कातिक १ गते

–कातिक ७ गते गते फुलपाती ,

–८ गते महाअष्टमी,

–९ महानवमी

–१० गते विजया दशमी अर्थात टीका

–२८ गते कागतिहार

–२९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा

–३० गते गोवर्धन र म्ह पुजा

–मंसिर १ गते गते भाइटीका

याे पनि पढ्नुस  ज्योतिषशास्त्रमा २०७७: कोरोना बैशाखको प्रारम्भबाटै शान्त हुने (वार्षिक राशिफलसहित)

–बैशाख ११ गते मातातिर्थ औशी

-१४ गते अक्षय तृतीया,

– २५ गते बुद्ध जयन्ती,

– जेठ १९ गते गंगा दशहरा

– असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण

– असार २१ गते गुरु पूर्णिमा

–साउन १० गते नागपञ्चमी

–१९ गतेजनै पूर्णिमा

–२० गते गाईजात्रा
–२७ गते कृष्ण जन्माष्टमी

–भदौ ३ गते कुशे औशी,
–भदौ ५ गते हरितालिका तीज

–भदौ ७ गते ऋषी पञ्चमी

–भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु

याे पनि पढ्नुस  सतबीज छरेर आज बालाचतुर्दशी पर्व मनाइँदै

–असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने छ

–मंसिर ५ गते छठ

–मंसिर २८ गते बाला चतुदर्शी,

–पुस १५ मा उद्यौली र तमु ल्होसार

–पुस ४ गते बिवाह पञ्चमी

–फागुन २७ गते शिवरात्री,

–चैत १५ गते होली

–२९ गते घोडेजात्रा पर्व रहेको छ ।

–२०७७ सालमा राम नवमी छैन ।

–आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।

 

कमेन्ट गर्नुहोस्