कश्मिरमा हिमपहिरो, एक नेपाली सैनिकसहित ५ जनाको ज्यान गयो

काठमाडौंः भारत प्रशासित काश्मिरमा हिमपहिरोका कारण पाँच भारतीय सेनाको मृत्यु भएको छ।

लगातार परेको हिमपातका हिमपहिरो जाँदा पाँच भारतीय सेनाको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। हिमपहिरोमा परेर एक नेपाली सैनिक पनि परेको सेनाले जनाएको छ। हिमपहिरोमा मृत्यु हुनेमा सैनिक जवान लक्ष्मण बिसी रहेको सेनाले जनाएको छ।

याे पनि पढ्नुस  पछिल्लो २ हप्तामा जम्मु र काश्मिरमा ६ उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

त्यस्तै मृत्यु हुनेमा दुई नायक रहेका छन् । उनीहरुको नाम रामेश्वर कुमार र पुरुषोत्तम लाल हुन्। त्यस्तै चन्दबधन चौरसीया र रञ्जित सिंहको पनि मृत्यु भएको छ। मृत्यु भएका सेना प्रति भारतका थल सेना प्रमुखमनोज मुकन्द नरवडेले मृतक सेना प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

याे पनि पढ्नुस  अन्नपूर्णको हिमपहिरोमा हराएका थप २ जनाको शव फेला

हिमपहिरोमा परेर धेरै स्थानीयको पनि मृत्यु भएको सेनाले जनाएको छ। मृत्यु कति जनाको भएको भन्ने भने खुलाएको छैन्।

कमेन्ट गर्नुहोस्