ओली, प्रचण्ड र देउवाबीच भेट, के विषयमा भयो छलफल ?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । भेटमा सत्य निरूपण तथा मेलमिलाप आयोगलगायतका विषयमा छलफल भएको थापाले जानकारी दिए ।

छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको छ । छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोगबारेको विधेयकको मस्यौदामा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग भएको परामर्श ब्रिफिङ गरिएको बताए ।

याे पनि पढ्नुस  नेपाली कांग्रेसको फेसबुक पेज 'ह्याक'

कानुन मन्त्रालयको नेतृत्वमा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्शका लागि बनेको टोलीले तीन जना नेतालाई रिपोर्ट पनि बुझाएको छ । अव त्यही रिपोर्टका आधारमा विधेयक तयार भएपछि उक्त विधेयक संसदमा दर्ता हुन्छ,’ परामर्शमा खटिएका नेकपाका नेतासमेत रहेका खिमलाल देवकोटाले भने, ‘यो विधेयक तयार भएपछि पीडितहरुका समस्या सोही अनुसार सम्बोधन गरिन्छ ।’

याे पनि पढ्नुस  पूर्वसांसद पौडेल दम्पत्तिको बारेमा हल्ला फैलाउने पक्राउ

यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ । नेताहरुबीच टिआरसीबारे कानुन बनाउने कुरा कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको उनले बताए ।

लेखकका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे पनि छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्